विराटनगरमा एनसेलले आज कन्सर्ट गर्दै

१० महिना अगाडि

विराटनगर –  निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले आज (शनिबार) विराटनगरमा  सांगीतिक कन्सर्ट आयोजना गरेको छ । एनसेल आजियाटा लिमिटेडले  विराटनगरको हाटखोला मैदानमा कन्सर्टको आयोजना गरेको हो ।

चर्चित कलाकार र गायक सहभागी  हुने कन्सर्टको तयारी पुरा भएको एनसेलले हिजा पत्रकार सम्मेलन गरी जानकारी  दिएको छ ।

एनसेल कन्सर्टमा दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना ९लाउरे०, शिव परियार, द एलिमेन्ट्स ब्यान्ड, अस्मिता अधिकारी, सुनिल पण्डित केकी अधिकार लगायतले आफ्नो प्रस्तुती दिनेछन् ।

कन्सर्ट आज दिउँसो २ बजेबाट सुरु भएर बेलुका साढे ८  बजे सकिने एनसेलले बताएको छ । एनसेल सेन्टरहरुबाट कन्सर्टको टिकट खरिद गर्न सकिने एनसेलले जनाएको छ ।


 

१० महिना अगाडि

प्रतिक्रिया