श्रेष्ठले जिते काठमाडौंमा घर

१० महिना अगाडि

काठमाडौँ - वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जितेका छन् । ई–सेवा मनि ट्रान्सफरले सुरु गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत श्रेष्ठले इमाडोलमा घर जितेका हुन् । श्रेष्ठले ई–सेवा मनि ट्रान्सफरमार्फत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदै आएका थिए । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा प्रत्यक्ष डिजिटल गोला प्रथाबाट श्रेष्ठले इमाडोलमा पौने ३ करोड मूल्य बराबरको घर जितेका हुन् ।

 श्रेष्ठले यूएईमा रहेको ई–सेवा मनि ट्रान्सफरमार्फत सिधै डिजिटल माध्यमबाट घरमा बुबाको बैंक खातामा रेमिट्यान्स पठाएका थिए । कम्पनीका निर्देशक डेनियल डि श्रेष्ठले विजेता श्रेष्ठलाई बधाई दिँदै यो अभियानबाट डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन हौसला मिल्ने बताए ।

१० महिना अगाडि

प्रतिक्रिया