छुट्टै पहिचान बनाउन सफल आगन्तुक रिसोर्ट

१० महिना अगाडि

काठमाडौँ - हस्पिटालिटीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बनेको आगन्तुक रिसोर्ट ३ वर्ष पुरा भएको छ । चार तारेको मान्यता पाएको आगन्तुक रिसोर्ट २ अर्बको लगानीमा सन् २०१९ को अन्तिममा काभ्रेपलाञ्चोकमा सञ्चालनमा आएको थियो । ७५ रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्ट ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरेर सञ्चालनमा आएको थियो । कूल ५२ वटा कोठा रहेको रिसोर्टमा ४ वटा स्वीट रुम छन् भने ४ वटा मिनी स्वीट रुम छन् । 

 यस्तै, रिसोर्टमा ४४ वटा डिलक्स रुम रहेको बताइएको छ भने थप २० वटा रुम छिट्टै सञ्चालनमा आउने बताइएको छ । रेसिडेन्ट म्यानेजर विमल पौडेलले रिसोर्टमा कोठासहित ब्रेकफास्ट प्याकेजको मूल्य ८ हजार रुपैयाँदेखि २० हजार रुपैयाँ र डिनरसहितको प्याकेज १० देखि ३० हजार रुपैयाँसम्म रहेको बताए । रिसोर्टमा हाल आवास, स्वीमिङ पुल, फिटनेस सेन्टर, रेष्टुरेन्ट र बार समेत सञ्चालनमा छन् । हाल रिसोर्टमा ७० जनाले रोजगारी पाएका छन् । यस्तै, भविष्यमा क्यासिनो समेत सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । 

 भिजिट नेपाललाई लक्षित गरेर रिसोर्ट निर्माण गरेको भएपनि कोरोना महामारीका कारण भएको लकडाउनका कारण रिसोर्ट पूर्णरुपमा चल्न सकेको थिएन । कोरोना महामारी साम्य बन्दै गएपछि रिसोर्ट पुनः चलायमान बन्न थालेको निर्देशक कृष्ण ज्ञवालीले बताए ।

१० महिना अगाडि

प्रतिक्रिया