काभ्रेपलाञ्चोक – नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले सर्वसाधारण युवामाथि हातपात गरेका छन् ।
शनिबार साँझ आफ्नो गाडीमा इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौं आउँदै गरेका गुरुङ आफ्नो ‘सवारी’ मा अवरोध गरेको भन्दै काभ्रेको खावामा अर्को गाडी चलाइरहेका युवामाथि हमलामा उत्रिएका हुन् ।
गुरुङ वाग्मती प्रदेश ०२५ च ५४०२ नम्बरको निजी कारमा दोलखाबाट काठमाडौं जाँदै थिए । सोही बाटो भएर अघि बढिरहेको ०२३ च ८९२५ नम्बरको कारचलाइरहेका युवा अमित अधिकारी माथि कुटपिट गरेका हुन् ।
प्रतिक्रिया