गणतन्त्र रक्षाको लागि एकतावद्ध हुन नेता शर्माको आग्रह

मंगलबार, १६ जेठ २०८०, ०९ : ५९

काठमाडौं – १६ औं गणतन्त्र दिवसको अवसरमा राष्टिय मानव अधिकार सरोकार केन्द्र , नेपालको आयोजनामा भएको वनभोज कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री जनार्दन शर्माले गणतन्त्र ल्याउन अग्रमोर्चामा रहेका सबैलाई सम्मान प्रकट गर्दै यसको रक्षाको लागि एकताबद्ध हुनुपर्ने बताएका छन् ।

 संविधानसभाबाट जनताका प्रतिनिधिले लेखेको आजको संविधानमा मानवअधिकारका धेरै विषयवस्तुहरु लेखिएको छ । जनताले यसको उपभोग गर्न पाए नपाएको अनुगमन र राज्यलाई खबरदारी गर्ने काम  राष्टिय मानव अधिकार सरोकार केन्दले गर्नुपर्ने बताएका छन् । कार्यधmममा अतिथिको रुपमा बोलाइएका पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल नेता शर्मा कार्यक्रमबाट बाहिरिएपछि मात्र आएका थिए । उनले वर्र्तमान परिवर्तनलाई उल्टाउने तागत कसैको नरहेको बताए । 
कार्यक्रममा सरोकार केन्द्रका संस्थापक अध्यक्ष एवम् संरक्षक पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले नेपालको मानव अधिकारको आन्दोलनमा सरोकार केन्द्रले नयाँ बहस सिर्जना गरेको बताए । आफ्नो संस्थाले उत्पीडित जनताको मानव अधिकारको लागि निरन्तर आवाज उठाउने बताए । उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम मित्र प्रसाद शर्माको अध्यक्षतामा स्रम्पन्न भएको थियो ।

मंगलबार, १६ जेठ २०८०, ०९ : ५९

प्रतिक्रिया