डिसहोमले प्राप्त गर्यो आईएसओ गुणस्तर चिह्न

१० महिना अगाडि

काठमाडौँ - नेपालमा डीटीएच सेवा प्रदान गरिरहेको डिस मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ।

अमेरिको क्वालिटी स्ट्यान्डर्डस रजिस्टेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मूल्यांकन, ग्राहक सेवाको गुणस्तरका आधारमा निरीक्षण गरी डिस मिडिया नेटवर्कलाई आईएसओ ९००१ः२०१५ प्रदान गरेको हो।  स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा गुणस्तरिय सेवा प्रदान गरिरहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ। यस्तै हालसालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि सञ्चालनमा ल्याएको छ। 

नेपालको पेटिभी इन्डस्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिसहोमले आफ्नो ग्राहक उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशैभरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र चौबीसै घन्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको छ। 

उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दा नै कम्पनीले आईएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ। अबको दिनमा कम्पनीले अझै समयअनुसारको प्रविधि प्रयोग गरी कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने कम्पनीले जनाएको छ। 

 

१० महिना अगाडि

प्रतिक्रिया