भिभो प्रविधि संवादको प्रथम भर्चुअल कार्यक्रम

१० महिना अगाडि

काठमाडौँ - भिभोले बुधबार ‘भिभो ५जी टक’ भर्चुअल कार्यक्रम गरेको छ। कार्यक्रममा नेपाल तथा पाकिस्तानका उद्योग विशेषज्ञहरुलाई यस क्षेत्रमा ५ज को वर्तमान अवस्था तथा निकट भविष्यमा व्यापार र दैनिक जीवनमा यसले ल्याउन सक्ने सम्भावित रुपान्तरणबारे संवाद गरिएको थियो। 

यस कार्यक्रमले भिभोको टेक–टक पहलका निम्ति मञ्च तयार गरेको छ। जुन दूरसञ्चारको उन्नतिका निम्ति अर्थपूर्ण संवाद गर्ने उद्देश्यले योजित छ। ‘असीमित बुद्घिमान संसार’ मा विषयतित उक्त कार्यक्रम तथा प्यानल छलफल दूरसञ्चार पारिस्थितिक प्रणाली का विविध आयाम तथा अन्तर–क्षेत्रीय संवादको निमित्त मञ्च सिर्जना गर्नेमा केन्द्रित रह्यो।

भिभोको ५जी टक भर्चुअल कार्यक्रमको प्यानलमा नेपाल र पाकिस्तानका ६ जना विशेषज्ञहरुको सहभागिता रह्यो। कार्यक्रममा निरज भूषालः गैर राजपत्रित–अर्थ मन्त्रालय, नेपालः मूहम्मद अदिल इसरारः आजियाटा एनसेलका प्रमुख प्रविधि तथा उद्यम व्यापार अफिसर र आजियाटा नेपालका प्रमुख प्रविधि अफिसरः मिनू प्रधानः नेपाल टेलिकमका निर्देशकस पर्भेज इफ्तियारः सूचना र सञ्चार प्रविधि निति तथा नियमनका अन्तर्राष्ट्रिय सल्लाहकार, पाकिस्तानस  खलीद खानः केन्द्रीय एसियाली सेलूलर मञ्चका संस्थापक तथा अध्यक्ष, पाकिस्तान र आसिफ अजिजः प्रमुख व्यापार अफिसर, ज्याज पाकिस्तान सहित ६ जना विशेषज्ञहरुको उपस्थिती रह्यो।

नेपाल तथा पाकिस्तान जस्ता उदयमान अर्थतन्त्रमा ५जीका फाइदाहरुबारे छलफल गर्दै प्यानलिष्टहरुले परिष्कृत सञ्चारले पुर्वाधार निर्माणका चूनौतीहरुका समाधानहरु प्रदान गर्ने निष्कर्ष निकाले, जस्तै– दूरस्वास्थ्य सेवा, शिक्षा तथा नवव्यापार नमूना जसले यी राष्ट्रका कूल उत्पादन वृद्धिमा बढावा पूर्याउन सक्दछ। आवश्यक पुर्वाधारका साथै सहायक नियमन नीतिहरुको कार्यान्वयनद्वारा ५जी विस्तारका प्रमुख बाधकहरु, जस्तै भौगोलिक अवरोध तथा स्पेक्ट्रम उपलब्धतालाई पन्छाउँदै नवपवर्तन तथा उद्यमशीलताका निम्ति अनुकूल वातावरण निर्माणको महत्वमा प्यानलको विशेष जोड रह्यो। वक्ताहरुले नेपाल र पाकिस्तानलगायतका देशहरुमा ५जीको अधिकतम सम्भावनाको प्रयोगको निमित्त व्यावसायिक व्यवहार्यता तथा सार्वजनिक–निजी क्षेत्रको सहकार्यको आवश्यकता पनि औँल्याए। 

‘दह्रिलो वृद्धि अनूभव गर्दै गरेको एसिया क्षेत्रले ५जीको पूर्ण लाभ उठाउन बाँकी नै छ। हाम्रो क्षेत्रले (सञ्चार प्रविधिले) ५जी कार्यान्वयन गर्नतर्फ विशाल पाइलाहरु चाल्दैछ र आजको छलफलले यस क्षेत्रमा (नेपाल र पाकिस्तानमा) आगामी दिन र डिजिटल रुपान्तरणको झलक दिएको छ’, भिभो सञ्चार अनुसन्धान संस्थानका अग्रणी विशेषज्ञ राकेश ताम्राकारले भने, ‘भिभोमा हामी ५जी स्मार्टफोनलाई अझ छरितो र पहुँचयोग्य बनाउँनमा समर्पित छौँ। जसले समूदायहरुलाई सशक्त बनाउन र नयाँ डिजिटल भूगोलमा फस्टाउन सहयोग पुर्याउनेछ। यस क्षेत्रमा व्यापक अनुसन्धान र विकासका पहल सहितका हाम्रा अथक प्रयासहरुले उन्नत नवप्रवर्तनहरुको नतिजा निकालेको छ जून हाल विश्वव्यापी ५जी मापदण्डका हिस्सा छन्। नवप्रवर्तन तथा सहकार्यलाई बढावा दिएर हामी असीमित बूद्धिमान संसारलाई आकार दिन योगदान पूर्याउन सक्नेमा विश्वस्त छौँ, जहाँ सबैले उन्नत सञ्चार प्रविधिको लाभ उठाउन सक्दछन्।’

५जी अनुसन्धानमा केन्द्रित १०० जना विशेषज्ञहरुको टोली रहेको भिभो ३ जी पी पी मापदण्डको प्रमुख योगदानकर्ता हो। यसका साथै १० हजारभन्दा ज्यादा ५जी प्रस्तावहरु र ५ हजार अधिक ५जी आविस्कार पटेन्टहरुका पनि। सबैभन्दा ठुला स्मार्टफोन निर्माता तथा ५जी अग्रगामीहरुमध्ये एक भिभो यस्तो नवप्रवर्तन पालनमा कटिबद्ध छ जसले प्रयोगकर्ताका आवश्यकताहरु र उन्नत प्रविधिलाई अघि सार्दै विश्वव्यापी ग्राहकहरुको दैनिक अनुभव सुधार्दछ। 

भिभोले आगामी पिढीका सञ्चार प्रविधिलाई उपयूक्त विस्तृत उत्पादनहरु तयार पारेको छ, जसले उपभोक्ताका भिन्न आवश्यकता पूरा गर्दछन्। उदाहरणका लागि शक्तिशाली एक्स र वाई सिरिजका फोनहरु, जुन भिभोको अभिनवी ‘३डी स्ट्याकिङ’ प्रविधिका कारण बजारकै सबैभन्दा पातला ५जी फोनहरुमध्ये पर्दछन्।  

१० महिना अगाडि

प्रतिक्रिया