फेरि अर्को सूचना जारी गर्दै राजश्व विभाग

विहीबार, १८ जेठ २०८०, १८ : ४२

काठमाडौँ - लगानीकर्ताको अन्यौलता हटाउदै “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति“ राख्ने सहमति भएको छ । हिजो आन्तरिक राजस्व विभागले नियमित र पटके भन्ने सूचना जारी गर्दै रुष्ट भएका थिए । यसको अर्थ खोज्न लगानीकर्ताहरु सामाजिक संजालदेखि नियामक निकाय र कानुनविद्सम्म पुगेका थिए ।

सोही विषयमा आज लगानीकर्ताका ३ वटा संगठनका प्रतिनिधीहरू र आन्तरिक राजस्व विभागका अधिकृतहरूबीच छलफल भएको छ ।

आन्तरिक राजस्व विभागका डि. जि. दिर्घ मैनालीसँग बसेको लगानीकर्ताको बैठकमा “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति शब्द“ राखिने सहमति भएको छ । उक्त छलफलमा पुँजिबजारका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

विहीबार, १८ जेठ २०८०, १८ : ४२

प्रतिक्रिया