यस्तो छ आज तरकारीको फलफूल तथा तरकारी मूल्य

१० महिना अगाडि

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्रतिकेजी ९ रुपैयाँ ६० पैसादेखि ४६५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ ।

सार्वजनिक मूल्य सूची अनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ९ रुपैयाँ ६० पैसा र सबैभन्दा महँगो सुकेको खुर्सानी ४६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, किवी र आभोकाडो प्रतिकेजी ४५० रुपैयाँ, ठुलो गोलभेँडा (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेँडा ४५ रुपैयाँ, सानो गोलभेँडा (लोकल) १८ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै, सानो गोलभेँडा (टनेल), तोरीको साग र लाम्चो फर्सी ३५ रुपैयाँ, रातो आलु र मुडेको आलु ४१ रुपैयाँ, सुकेको प्याज (भारती) ५१ रुपैयाँ, गाजर (लोकल), हरियो लसुन र हरियो खुर्सानी ७५ रुपैयाँ, स्थानीय काउली ७६ रुपैयाँ, स्थानीय काउली (ज्यापु), ८५ रुपैयाँ, रातो मूला र तितो करेला ४५ रुपैयाँ तोकिएको छ । 

त्यस्तै, तने बोडी ५५ रुपैयाँ, मटर कोसा १९० रुपैयाँ, टाटे सिमी १४६ रुपैयाँ ६७ पैसा, भटमासकोसा ११६ रुपैयाँ, परवर ८५ रुपैयाँ, घिरौल ५६ रुपैयाँ, भिण्डी ६६ रुपैयाँमा किनबेच भइरहेको छ भने पालूगों, चमसूर, मेथीको साग, सौफको साग र पुदिना ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४६ रुपैयाँ, डल्ले च्याउ २९४ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ चुकन्दर, ग्याठ कोबी, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा रहेको छ।

१० महिना अगाडि

प्रतिक्रिया