बीवाइडीको ब्याट्री ब्यवस्थापनमा प्रतिबद्धता

९ महिना अगाडि

काठमाडौँ - सरकारले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेट मार्फत नै केही बोलेको थियो ।त्यसलाई कम्पनीले बीवाइडीको  आधिकारिक विक्रेता साइ  साइमेक्स इंकले  सकारात्मक रुपमा लिएको छ । 

नविन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्ने कम्पनीले समाज र राष्ट्रप्रति सधैं उत्तरदायी  भएर काम गर्दै आएको जनाएको छ । भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्न कम्पनी प्रतिबद्ध  रहेको उक्त संस्थाले    बताएको छ । विद्युतीय साधनको सबैभन्दा चुनौति पूर्ण मानिएको ब्याट्री व्यवस्थापन गर्न कम्पनी निरन्तर लागि रहेको छ । 

सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कयौं तरिका छन्। पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रि–साइकलको लागि बाहिर पठाउने विषयमा कम्पनीले सम्पूर्ण तयारी गरेको छ । कम्पनीले हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम रहेको   प्रततिद्धता ब्यक्त गरेको छ ।
 
यसले भविष्ट्यमा हुनसक्ने ब्याट्रीकोडम्पिङ साइटबाट नेपाललाई बचाउने कम्पनीको विश्वास रहेको छ ।  
 

९ महिना अगाडि

प्रतिक्रिया