रियलमीको दुई नयाँँ मोडल सार्वजनिक

१० महिना अगाडि

काठमाडौं - सर्वाधिक विश्वासनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नयाँँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु जनाउँछ । कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँँ पुस्ताको मन जित्ने आशा विश्वास गरेको छ ।

लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिष गिरी ज्युले भन्नुभयो, “रियलमी नार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ । नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभल अल राउन्डर हो । यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ । अर्कोतर्फ, रियलमी नार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ । अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ ।

 यी दुई स्मार्टफोनहरुले आकर्षक फिचरहरु मात्र नभै सुपथ मुल्यमा नवीनतम प्रविधी प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई पनि मूर्त रूप दिन्छ । हामीलाई विश्वास छ कि हाम्रा नेपाली नयाँ पुस्ताले हामीलाई यी दुई स्मार्ट फोनहरु मन पराइदिनुहुनेछ । साथै निरन्तर सुधार गर्दै नयाँँ नयाँँ स्मार्टफोनहरु ल्याइराख्न हामीलाई हौसला दिनुहुने समस्त नेपाली उपभोक्ताहरुलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।”

१० महिना अगाडि

प्रतिक्रिया