आज अन्तिम मौका समिट लघुवित्तको लाभांस सुरक्षित गर्न

आइतबार, २१ जेठ २०८०, ०७ : ४४

काठमाडौँ – समिट लघुवित्त वित्तीय संस्थाको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।


कम्पनीले  गत वर्षको नाफाबाट यस संस्थाले १३।५६५ बोनस सेयर र कर प्रयोजनको लागि ०।७१५ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साधारण सभा तथा लाभांस वितरण प्रयोजनार्थ जेठ २२ गते बुक क्लोज गर्दैछ । अर्थात जेठ २१ गते सेयर खरिद  गर्ने वा होल्ड गर्नेले मात्र लाभांस प्राप्त गर्नेछन ।

 लघुवित्तको साधारण सभा असार ३ गते बस्दैछ । सभामा लाभांस पारित गर्ने र  बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ८ लाख ५३ हजार ६६५ कित्ता सेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

संस्थाको अधिकृत पुँजी बृद्धि गरी ६५ करोड पुर्याउने, वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव पनि रहेको छ । सभा अरनिको पार्टी प्यालेस, बनेपा काभ्रेपलान्चोक बिहान १०.३० बजे बस्दै छ। 

आइतबार, २१ जेठ २०८०, ०७ : ४४

प्रतिक्रिया