लगानीकर्ताले गरिदिए डाइनामिक मनि म्यानेजर सेक्युरिटिज प्राइभेट लिमिटेडमा तालाबन्दी

आइतबार, २१ जेठ २०८०, ०८ : २३

काठमाडौँ – आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज डाइनामिक मनि म्यानेजर सेक्युरिटिज प्राइभेट लिमिटेडमा तालाबन्दी गरेका छन् । 

आन्दोलनरत लगानीकर्ता रोहन कार्कीको नेतृत्वमा गएको लगानीकर्ताहरु डिल्लीबजारमा रहेको ब्रोकर नम्बर ४४ मा तालाबन्दी गरिदिएका हुन् । 

पूँजी बजारमारा कर नीति ल्याएको भन्दै लगानीकर्ताहरुले सरकार विरुद्धको आन्दोलन कार्यक्रम चर्काउने घोषणा गरेका छन्। सरकारले सेयर कारोबारलाई व्यवसाय सरह नै कर लगाउन खोजेको कारण लगानीकर्ता आन्दोलनरत छन्। 

आइतबार, २१ जेठ २०८०, ०८ : २३

प्रतिक्रिया