आज बिहानै ६ वटा ब्रोकर कार्यालयमा ताला बन्दी

आइतबार, २१ जेठ २०८०, ०९ : १५

काठमाडौँ – आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज ६ वटा ब्रोकर कार्यालयहरुमा ताला बन्दी गरेका छन् । 

सरकारको कर नीतिविरुद्ध आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरुले आज काठमाडौँमा रहेको डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४), क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०), प्रियिमर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२), दिव्य सेक्युरिटिज (स्टक ब्रोकर नं. ५९), कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं.४६) र श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५) मा तालाबन्दी गरेका हुन्।  

यसअघि आज बिहानै काठमाण्डौको हात्तीगौँडास्थित अर्थमन्त्री डा प्रकाशशरण महतको घरमा घेराउ गर्न लगानीकर्ताहरु पुगेका थिए। तर, अर्थमन्त्री महत बिहानै घरबाट बाहिरिसकेको जानकारी पाएपछि उनीहरु केहीबेर नाराबाजी गर्दै फर्किएका थिए।

आइतबार, २१ जेठ २०८०, ०९ : १५

प्रतिक्रिया