रेड्मीको नयाँ फोन सार्वजनिक

१० महिना अगाडि

काठमाडौँ - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ ५जी कनेक्टटीभीटिको साथ आएको छ । प्रयोगकर्ताहरूले यस फोनको उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्नेछन् ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “ रेड्मीमा हामीले हाम्रो उपभोक्ताहरुलाई ध्यान मा राखेर हाम्रो ऊत्पदनहरु ल्याउछौँ जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । रेड्मी नोट १२ ५जी नेपाली बजारमा लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं । रेड्मी नोट १२ ५जी ले हाम्रा प्रयोगकर्ताहरूलाई ५जी कनेक्टिभिटी र असाधारण कार्यसम्पादन सुनिश्चित गर्दछ । हामी विश्वस्त छौं कि यो स्मार्टफोनले हाम्रा ग्राहकहरूको अपेक्षाहरू पार गर्नेछ र उनीहरूको स्मार्टफोन अनुभवलाई समृद्ध बनाउनेछ ।”

 

१० महिना अगाडि

प्रतिक्रिया