नेसनल लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आज बस्दै

सोमबार, २२ जेठ २०८०, ०८ : ४१

काठमाडौं - नेसनल लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आज जेठ २२ गते सोमबार बस्दैछ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७८–२०७९ को नाफाबाट १४.५०% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । 

यसले गत वर्षको नाफाबाट ८% बोनस र कर प्रयोजनसहित ६.५०% नगद लाभांश वितरण गर्दैछ । सभामा २०७८–७९ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ । 

सभा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, जेठ १० गतेसम्म कायम रहने सेयरधनीले लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

सोमबार, २२ जेठ २०८०, ०८ : ४१

प्रतिक्रिया