काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आज सोमबारको लागि विदेशी मुदाको विनिमय दर सार्वजनिक गरेको छ ।
जस अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४० पैसा र बिक्रीमा १३२ रुपैयाँ, युरोपियन युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यसै गरी क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३ पैसा र बिक्रीमा ३५ रुपैयाँ १९ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा तोकिएको छ ।
प्रतिक्रिया