‘रेड्मी नोट १२ फाइभजी’ नेपाली बजारमा सार्वजनिक

९ महिना अगाडि

काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘रेड्मी नोट १२ फाइभजी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नोट १२ फाइभजी कनेक्टटीभीटिको साथ प्रयोगकर्ताले फोनको उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्ने जनाइएको छ । स्मार्टफोनमा १२० ‘एचजेड एमोल्ड’ को उच्च रिफ्रेस रेट डिस्प्ले, ६.६७ डिस्प्लेले वाइड कलर गामट, रिडिङ मोड, नेटफिलिक्स एचडी र थप कुरालाई समर्थन गर्ने र इमर्सिभ दृश्य अनुभव प्रदान गर्नेछ । 

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले शाओमीले उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाएको बताए । रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा लन्च गर्न पाउँदा निकै उत्साहित रहेको उनको भनाइ थियो ।

यस्तै, डुअल फाइभजी सिम कार्ड समर्थनको साथमा ८ जीबी सम्मको र्याम र २५६ जीबी भण्डारण तथा उच्च ग्राफिक मोबाइल गेमहरू खेल्न सजिलो, ३३ वाट फस्ट चार्जिङको साथ लामो समयसम्म चल्ने ५ हजार एमएच ब्याट्री, ट्रिपल क्यामेरा सेटअप तथा स्लीक डिजाइन रहेको छ । 

अल्ट्रा–वाइड र म्याक्रो क्यामेरा लेन्सहरू सहितको ४८ एपी ट्रिपल क्यामेरा सेटअपसँग बजारमा उपलब्ध रहेको छ । ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः २९ हजार ९९९  र ३१ हजार ९९९ रहेको छ । रेड्मी नोट १२ ५जी नेपालभरका सबै अधिकृत मि स्टोरहरु र शाओमीका अधिकृत रिटेलरमा जेठ २८ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ । 

९ महिना अगाडि

प्रतिक्रिया