बजाजको २५ वर्ष लिडरसिप योजना सम्पन्न

१० महिना अगाडि

काठमाडौँ - नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन” सफलतापूर्वक सम्पन्न गरेको छ।

आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरु प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७८ को शुभ अवसरमा शुभारम्भ गरिएको थियो। अभियानको एक हिस्साका रुपमा बजाजले ग्राहकहरुलाई आकर्षक अफरहरु उपलब्ध गराएको थियो, जसमा विशेष २५% डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, रु. १० हजारसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो। 

अभियानका बारेमा हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘यो अभियान हाम्रो अहिलेसम्मको यात्रामा हाम्रा ग्राहकहरुले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र सँगै यस उत्सवलाई मनाउने एक माध्यम थियो। नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ।”

देशभरका ग्राहकले “नेतृत्वको २५ वर्ष” अभियानका आकर्षक अफरहरुको अत्यधिक लाभ लिएका थिए। ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरिय सेवा प्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डका रुपमा स्थापित भएको छ।

बजाज ब्रान्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क छ। त्यस्तै यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको छ। यसका गुणस्तरीय उत्पादनहरु, स्पेयर पार्टको सहज उपलब्धता र ग्राहक मैत्री सेवा सुविधाप्रतिको प्रतिबद्धताजस्ता कारणहरुले गर्दा नै बजाज बाइकले बजारमा उच्चतम स्थान हासिल गरेका छन्। अटोमोबाइल क्षेत्रमा बजाजको निरन्तर २५ वर्षको नेतृत्व यसको नवीनता र गुणस्तरताप्रतिको प्रतिबद्धताको प्रमाण हो। 

यसका साथै बजाजको फ्री लि लि योजना पनि चालु रहेको छ। जसअन्तर्गत उपभोक्ताले १२५ सीसीसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन्। बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शूय प्रतिशत ब्याजदरको अफर पनि चालु रहेको छ। जसअन्तर्गत उपभोक्ताले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भमार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन्।

 

१० महिना अगाडि

प्रतिक्रिया