"अहिले बढेको करकै कारण कोही पनि ईभी छाडेर पेट्रोल गाडी किन्न पनि जाँदैनन्  "

अर्थमन्त्री महत

१० महिना अगाडि

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले कर बढाउने मानिसले नै ईभी आयातकर्तालाई फाइदा पुग्नेगरी सूचना चुहाएको आरोपको खण्डन गरेका छन् । मन्त्री महतले इकोनोमिक मिडिया सोसाइटीले काठमाडौं आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उक्त कुराको खण्डन गरेका हुन् ।

यस्ता नचाहिने कुरामा आरोप लगाएर के पुष्टी गर्न खोजेको भन्दै महतले भने, ‘गाडी एक रातमा आउने कुरा हो । गाडी आयातको त लामै प्रक्रिया हुन्छ होलानी । फेरी कर बढाउनेले नै सूचना दिने भन्ने विषय कसरी मिल्छ रु त्यसैले सत्य कुरामा मात्रै औला उठाउँ ।’

मन्त्री महतले १०० देखि २०० किलोवाट क्षमताका मोटर भएको गाडीमा घटाइएको करको विषयलाई कर मिलानको संख्या दिएका छन् । १०० किलोवाटसम्ममा १० प्रतिशत र १०० देखि २०० मा ६० प्रतिशत कर लगाउँदा दुई बीचको अन्तर बढी भएकोले मिलान गरिएको उनले बताए ।


‘अब कर मिलान भयो । दुईवटाको बीचमा केबल १५ प्रतिशत मात्रै फरक छ । त्यसैले सबै किसिमका ईभी आयात सहज भयो’ अर्थमन्त्री महतले भने ।

उनले पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा २५० देखि ३०० प्रतिशतसम्म कर लगाइएको बताउँदै भने ‘ईभीमा लगाईको १० देखि १२० प्रतिशतसम्म कर कसरी ईभीलाई मार्ने किसिमको भयो । फेरी अहिले बढेको करकै कारण कोही पनि ईभी छाडेर पेट्रोल गाडी किन्न पनि जाँदैनन् ।’

१० महिना अगाडि

प्रतिक्रिया