प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफल आज पनि जारी रहने

१० महिना अगाडि

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ । 

आज बस्ने बैठकमा आर्थिक वर्ष २०८० /८१ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट)माथिको छलफल जारी रहनेछ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाश शरण महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । हालसम्म उक्त बजेटमा १ सयभन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसक्नुभएको छ । 

१० महिना अगाडि

प्रतिक्रिया