कामना सेवा विकास बैंकद्धारा ‘लिटल मिस एन्जल २०२३’ मा सहभागी छात्राहरुलाई वित्तीय साक्षरता प्रदान

शुक्रबार, २६ जेठ २०८०, ०८ : २०

काठमाडौं  - कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैकले ‘लिटल मिस एन्जल २०२३’ मा सहभागी छात्राहरु माझ सो कार्यक्रम सम्पन्न गरेको हो । 

उक्त कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका क्षितीज खड्काले बच्चा बेला देखिनै बचतको महत्व, बैंकमा खाता कसरी खोल्ने, खाता खोल्न केके कागजपत्रहरु चाहिन्छ ? बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा र भोलीको दिनमा बैंकबाट के के फाईदा लिन सकिन्छ भनेर जानकारी पाउनु एकदम जरूरी रहेको बताएका छन् ।

वित्तीय साक्षरता बच्चाहरुमा एकदम जरूरी रहेको समेत बताएका थिए । 

वित्तीय साक्षरताको प्रवद्र्धन गर्न आवश्यक रहेको, सानै उमेरदेखिनै बचत भनेको के हो ? बैंक भनेको के हो ? बैंकले कसरी काम गर्छ भन्ने कुराहरु बुझाउन सकियो भने उनीहरू परिपक्व हुँदै जाँदा सचेत भएर बचत गर्न सक्छन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम गरिरको उनले बताए ।

कार्यक्रमबाट बैंक तथा वित्तीय क्षेत्रको बारेमा जान्न पाउँदा  आफुलाई धेरै खुशी लागेको र आफुले जानेको कुराहरु बारे परिवार र साथीहरुलाई समेत जानकारी दिने भिजिटम इङ्गलिश एकेडेमी स्कुलकी विद्यार्थी किञ्जल नेपाल बताउँछिन् । 

त्यस्तै, गोल्डेन विक हाई स्कुलकी विद्यार्थी द्रिती खड्काले कार्यक्रममा आफुले बचतको बारेमा सिक्न पाउँदा खुशी लागेको बताइन् ।  

शुक्रबार, २६ जेठ २०८०, ०८ : २०

प्रतिक्रिया