८ मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि

१० महिना अगाडि

काठमाडौँ - टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार ८ मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको हो ।

कम्पनीले चैत २०७९ पछि जेठ २०८० मा नयाँ मूल्यसूची सार्वजनिक गर्दै मूल्य वृद्धि गरेको हो । सरकारले नयाँ बजेट मार्फत करका दर हेरफेर गरेसँगै ठूला मोटरसाइकलको मूल्य घटिरहेको समयमा साना इन्जिन भएका मोटरसाइकलको मूल्य भने लगातार उकालो लागिरहेको छ ।

जगदम्वा मोटरर्सले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका मोडल अनुसार १ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ । सबैभन्दा कम १ हजार मूल्य वृद्धि हुनेमा एनटर्क रेस एक्सपी स्कुटर छ भने एनटर्क डिस्क भेरियन्टको मूल्य भने ७ हजार रुपैयाँले वृद्धि भएको हो ।

त्यस्तै मोटरसाइकलतर्फ सबैभन्दा धेरै ५ हजार रुपैयाँ रेडरमा वृद्धि भएको छ । अन्य मोटरसाइकलमा २ हजारदेखि ३ हजारसम्मले मूल्य वृद्धि भएको छ ।

१० महिना अगाडि

प्रतिक्रिया