दश महिनामा उपभोक्ता मुद्रास्फीतिको अवस्था कस्तो ?

१० महिना अगाडि

काठमाडौं-  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तीय तथ्यांक सार्वजनिक गरेको छ । 

सार्वजनिक तथ्यांक अनुसार समिक्षा अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ ।

यस अवधिसम्ममा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको प्रकाशित तथ्यांकले देखाएको छ ।

१० महिना अगाडि

प्रतिक्रिया