चालु आर्थिक वर्षको दश महिनाको वित्तीय तथ्याङ्क सार्वजनिक (पुर्ण पाठसहित)

१० महिना अगाडि

काठमाडौं-  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ ।

यसका साथै समिक्षा अवधिसम्म २५९ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल भएका छन् । त्यस्तै, यस अवधिमा विप्रेषण प्रवाह २३.४ प्रतिशतले बढेर एक खर्ब ५ अर्व १८ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको दश महिनामा विदेशी विनिमय संचिति १४ खर्ब ७० अर्व ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, व्यापार घाटा १६ प्रतिशतले घटेको छ । आम उपभोक्ता मूल्यबृद्धि पनि बढेको छ ।

समिक्षा अवधिसम्ममा ७.४१ प्रतिशतले मुल्यबृद्धि भएको प्रकाशित वित्तिय तथ्यांकले देखाएको छ । यसका साथै, बैंक तथा वित्तीय संस्थामा साढे ३ खर्ब निक्षेप संकलन भएको छ ।

 

१० महिना अगाडि

प्रतिक्रिया