एमजि जेडएस इभिको बुकिङ खुल्ला

११ महिना अगाडि

काठमाडौँ - एमजि भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेट भाषणमा ५० किलो वाट देखि १०० किलो वाट सम्मको विद्युतीय गाडीमा अत्याधिक कर बृद्धि भएतापनि एमजिको यस मोडलको गाडीको मुल्य जम्मा रु ५२.९९ लाख मात्र तोकिएको छ । बजेट भाषण अगाडि यस गाडीको मुल्य रु ५२.४९ लाख रहेको थियो ।

विश्वमा चर्चित एमजि ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरुले गर्दा नेपाली बजारमा पनि आफूलाइ एउटा अब्बल ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ । विविध विद्युतीय मोडलका उपलब्ध गराएको एमजिले आफूलाइ नेपालीहरुको सर्वाधिक रुचाइएको गाडी मध्यमा पर्न सफल भएको छ । कोभिडपश्चात विद्युतीय गाडीलाइ आवश्यक कच्चा पदार्थको घट्दो मुल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो अत्याधिक विक्रिका कारणले एमजिले  विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मुल्य घटाउन सफल भएको छ । त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्दि कारण  पनि जेडएस इभि. (डिलक्स) मोडलको गाडीको मुल्यमा खासै फरक परेको छैन । प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य रु ५२.४९ लाख तिर्नुपर्ने  जनाएको छ ।

नयाँ एमजि जेड एस. इभि. (डिलक्स) ९९ मोटर पीक पावरले सुसज्जित छ जसले 280 Nm अधिकतम टर्क प्रदान गर्दछ र 51kwhब्याट्री क्षमताले एकल चार्जमा 320km (WLTP)*   को दायरा दिन्छ, जुन ३० मिनेट भित्र ८०% सम्म चार्ज गर्न सकिन्छ । ८ वर्ष ब्याट्री वारेन्टी रहेको छ ।

 

११ महिना अगाडि

प्रतिक्रिया