कला, सिर्जनाले अर्थतन्त्रको विकाससँगै मौलिकता जोगाउँछ : अर्थमन्त्री डा महत

मंगलबार, ३० जेठ २०८०, ०७ : २५

काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को अवलोकन भ्रमण गर्नुभएको छ ।

अवलोकन भ्रमणका क्रममा अर्थमन्त्री डा महतलाई प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली लगायतका पदाधिकारीहरूले कला प्रदर्शनी र प्रदर्शित सिर्जनाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो क्रममा अर्थमन्त्री डा महतले कला र सिर्जनाले अर्थतन्त्रको विकाससँगै नेपालको मौलिकता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कलालाई अर्थतन्त्रसँग जोड्नुपर्ने बताउँदै अर्थमन्त्री डा महतले ललितकलाको विकासका लागि सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने प्रतिबद्धता पनि जनाउनुभयो ।

मंगलबार, ३० जेठ २०८०, ०७ : २५

प्रतिक्रिया