काठमाडौं - राष्ट्रिय बिमा कम्पनीको वार्षिक साधारण सभा आज जेठ ३१ गते बुधबार बस्दैछ । सभा, अमृतभोग क्याटर्स प्रालिमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभामा साविकको राष्ट्रिय बिमा संस्थानको को आर्थिक वर्ष २०६८–६९, २०६९–७० र २०७०–७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०–७१, २०७१–७२ र २०७२–७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ ।
यस पटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिंदैछ ।
यस्तै, सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया