‘योङ्ग प्रोफेसनल फेलोसिप’ कार्यक्रमको छैँटौँ संस्करण नेपालमा

विहीबार, ३२ जेठ २०८०, १३ : २२

काठमाडौँ - अन्तर्राष्ट्रिय संस्था ग्लोबल पिस चेनले ‘योङ्ग प्रोफेसनल फेलोसिप’ कार्यक्रमको छैँटौँ संस्करण नेपालमा आयोजना गर्ने भएको छ।

अमेरिका, फ्रान्स, युरोपलगायत ४० भन्दा बढी देशका १०० जना युवाको उपस्थितिमा ३ दिवसीय कार्यक्रम काठमाण्डौमा जुलाई २७ देखि ३० सम्म आयोजना हुने ग्लोबल पिस चेनका नेपाल प्रमुख शिवांग दत्तले जानकारी दिए। 

उक्त कार्यक्रम नेपाल युवा परिषदको सहकार्यमा हुने दत्तले बताए। काठमाण्डौमा आयोजित एक समारोहबीच ग्लोबल पिस चेनका तर्फबाट नेपाल प्रमुख दत्त तथा नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँले सो कार्यक्रमलाई दुवै संस्थाले साझा रुपमा सहकार्य गरी आयोजना गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा विश्वको विकासका लागि युवाको भूमिका, स्थानीय खानाको महत्व, पर्यटन प्रवर्द्धनजस्ता विषयमा केन्द्रित रही ३ दिन छलफल हुने दत्तले बताए। सो कार्यक्रममा विभिन्न देशका कूटनीतिक प्रतिनिधि, नेपालका उच्चपदस्थ अधिकारीको समेत सहभागिता रहने दत्तले जानकारी दिए।

ग्लोबल पिस चेनले शान्ति र मानवाधिकारको क्षेत्रमा काम गर्दै आएको छ। यो संस्थाले टर्की, दुबई, थाइल्याण्ड, माल्दिभ्स, केन्यालगायत विभिन्न मुलुकमा शान्तिसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरिसकेको छ।

 

विहीबार, ३२ जेठ २०८०, १३ : २२

प्रतिक्रिया