कुसुन्तीमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर

शुक्रबार, ०१ असार २०८०, १४ : ११

काठमाडौँ - विश्व चर्चित अटोमोटिभ ब्रान्ड एमजीको लागी नेपालले आधिकारिक आयातकर्ता तथा वितरण प्यारामाउन्ट मोर्टस प्रा.लि.ले ललितपुरको कुसुन्तीमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको भव्य उद्घाटन गरेको छ । नेपाली ग्राहकहरुको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न उक्त सर्भिस सेन्टर स्थापना गरेको कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकलाई सर्वोत्कृष्ट आफ्टर सेल्स सेवा प्रदान गर्दै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

३२,८५६ वर्ग फिट को क्षेत्रमा फैलिएको यस सर्भिस सेन्टरमा विभिन्न सुविधाहरु रहेका छन् । यस सर्भिस सेन्टरमा थुप्रै सर्भिस एरियाहरु, फराकिला वेटिंग लाउन्जहरु ,कस्टमर सर्भिस डेस्कहरु, सुसज्जित मेन्टेनेन्स र रिपेयर सेक्सनहरु, पर्याप्त स्टोरेज स्थानहरु, प्रशासनिक अफिसहरु र अन्य विभिन्न सुविधाहरु उपलब्ध छन् ।

ललितपुरको कुसुन्तीमा अवस्थित उक्त सर्भिस सेन्टरले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिहरुमा प्रशिक्षित उच्च दक्ष प्राविधिकहरुको टोली रहेका छन् । एमजीका गाडीहरुलाई उच्च स्तरीय मर्मत तथा वारेन्टी आवश्यकताहरु प्रदान गर्न र ग्राहकलाई व्यापक, सहज तथा प्रभावकारी आफ्टर सेल्स प्रदान गर्न उक्त सर्भिस सेन्टरको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरको उद्घाटनसँगै एमजीले नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ गरेको छ । आफ्ना ग्राहकलाई बलियो सम्बन्ध कायम गर्ने र एमजीका नयाँ ग्राहकहरुलाई ब्रान्डमा स्वागत गर्दै लैजाने कम्पनीले लक्ष्य राखेको छ ।

शुक्रबार, ०१ असार २०८०, १४ : ११

प्रतिक्रिया