आइएमई पेको विशेष अफर सार्वजनिक

आइतबार, ०३ असार २०८०, १६ : ३९

काठमाडौँ - ‘आइएमई पे’ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ। 

यसै सन्दर्भमा यो हप्ता असार ३ देखि आइएमई पेले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गरेको छ। एक हप्ताका लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजेदेखि साँझको ६ बजेसम्म कुनै पनि एअरलाइन्सको टिकट काट्दा रु.२०० क्यासब्याक पाउनेछन्। 

यो समयावधिभित्र एअरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउनेछन्।

यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ।

 

 

आइतबार, ०३ असार २०८०, १६ : ३९

प्रतिक्रिया