ईसेवा मनि ट्रान्स्फरले गर्‍यो घर हस्तान्तरण

विहीबार, ०७ असार २०८०, १८ : ४८

 काठमाडौँ - इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ। 

इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेसेडरहरु र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्न एक विशेष कार्यक्रमबीच घर हस्तान्तरण गरिएको हो। इसेवा मनी ट्रान्सफरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेजबाट प्रत्यक्ष डिजिटल गोलाप्रथामार्फत ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो। जसमा ८ वर्षदेखि यूएईमा कार्यरत पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए।

इसेवा मनी ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूर्णबहादुर श्रेष्ठलाई बधाइ तथा शुभकामना व्यक्त गरे। उनले भने, ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुपअन्तर्गतको कम्पनी इसेवा मनी ट्रान्सफरले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ। यस अभियान प्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरुलाई म धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि कम्पनी, डिजिटल रेमिट्यान्सलाई प्रभावशाली बनाउनका निम्ति निरन्तर लागि रहनेछ भन्ने विश्वास दिन चाहन्छु।’ 

इसेवा मनी ट्रान्सफरले वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एकजनालाई बम्पर उपहारस्वरुप काठमाण्डौमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो। ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरु यस अभियानमा सहभागी भएका थिए। 

‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरेको थियो। 

कार्यक्रममा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बम्पर पुरस्कारका रुपमा सपनाको घर जितेकोमा पूर्णबहादुर श्रेष्ठ र उनको परिवारलाई बधाइ दिए। उनले भने, ‘हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको  उत्साहजनक सहभागिता रह्यो। आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।’

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले पनि यो अभियानप्रति खुसी व्यक्त गर्दै डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे बताए। उनले आप्रवासीहरुको यात्रा, विदेशिएका नेपालीहरुका लागि सहयोग तथा सम्मानका विषयमा आफ्नो धारणा राखे। 

हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले रेमिट्यान्स आप्रवाहमा नेपालजस्ता मुलुकमा आर्थिक समृद्धिको लागि औपचारिक रेमिट्यान्सको महत्वमा जोड दिए। उनले रेमिट्यान्सले कसरी राष्ट्रको विकासमा प्रत्यक्ष योगदान पुर्याचउन सक्छ र आप्रवासीहरुले गरेको बहुमूल्य प्रयासलाई स्वीकार गर्दै यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता दर्शाए।

बम्पर पुरस्कार विजेता श्रेष्ठले विजेता चुनिएकोमा अत्यन्तै खुसी र कृतज्ञता व्यक्त गरे। आफ्नो जीवनका मूल्यवान ८ वर्ष यूएईमा आफ्नो परिवारलाई राम्रो जीवन प्रदान गर्न लगनशीलताका साथ काममा समर्पित गरेका श्रेष्ठले नयाँ घर जित्न पाउँदा पूर्ण रुपमा आश्चर्यचकित भएको र आफूलाई चमत्कारजस्तो महसुस भएको बताए। उनले आफ्नो सपनालाई साकार तुल्याएकोमा इसेवा मनी ट्रान्सफरलाई हार्दिक धन्यवाद व्यक्त गर्दै योजना मा संलग्न सबैलाई धन्यवाद दिए।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड ६० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।


 

विहीबार, ०७ असार २०८०, १८ : ४८

प्रतिक्रिया