काठमाडौं - रिडी पावरको आज शुक्रबार असार ८ गते विशेष साधारण सभा बस्दैछ । सभा, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा ५०% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुँदैछ ।
यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
कम्पनीले यसअघिनै ५०% हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यसले सोही पुँजीमा ५०% हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद सेयर निष्कासनपछि यसको चुक्ता पुँजी २ अर्ब ३१ रुपैयाँ पुग्नेछ । सभा प्रयो्जनका लागि यसले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ ।
प्रतिक्रिया