मोबाइल फोन एमडीएमएसमा दर्ता गर्न अनलाइनबाटै राजस्व बुझाउन सकिने

शुक्रबार, ०८ असार २०८०, १३ : ५१

काठमाडौँ - भन्सार विभागले असार मसान्तसम्म राजस्व तिरी एमडीएमएसमा आफ्नो मोबाइल फोन दर्ता गर्न सूचित गरेको छ। 

विभागले एउटा सूचना जारी गर्दै आफूले प्रयोग गरेको मोबाइल फोन असार मसान्तसम्म राजस्व तिरी एमडीएमएसमा दर्ता गर्न सूचित गरेको हो। 

आर्थिक वर्ष २०८० को दफा २४ मा भएको व्यवस्थाअनुसार जेठ १५ गतेसम्म नेपालमा पैठारी भई एमडीएमएसमा विभिन्न कारणले हुन बाँकी रहेका मोबाइल फोनलाई यो सुविधा दिएको हो। 

दर्ता प्रयोजनका लागि अनलाइन माध्यमबाट तोकिएको राजस्व बुझाउन सकिने व्यवस्था पनि विभागले गरेको छ। ‘त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणको बेवसाइटमा रहेको लिंक https://mdms.nta.gov.np/grey-registrationमा गई निर्दिष्ट गरिएको विवरण भरी तोकिएको राजस्व बुझाउ सकिने विभागले जनाएको छ।  

 

शुक्रबार, ०८ असार २०८०, १३ : ५१

प्रतिक्रिया