काठमाडौँ - ‘आइएमई पे’ले टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ।
यो अफर आज असार ११ गतेदेखि असार १६ गतेसम्म एक हप्ताका लागि चल्नेछ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टीभी र इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमोकोडको प्रयोग गरी रु. १५० सम्म १०५ छुट पाउनेछन्।
एक हप्ताको अन्तरालभरिमा ग्राहकले सो प्रोमोकोड एकपटकमात्र प्रयोग गर्न पाउनेछन्।
‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पे’मा क्यासब्याकको वर्षा नामक अभियानको यो निरन्तरता हो।
प्रतिक्रिया