नेपाल भित्रिदैँ होन्डा सिटी २०२३

मंगलबार, १९ असार २०८०, १७ : ४९

काठमाडौँ – नेपाली बजारमा होन्डाको हाइब्रिड सेडान ईःएचईभी होन्डा सिटी २०२३ भित्रिने भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो हाइब्रिड सेडान यही जुलाई महिना भित्रै नेपाली बजारमा उपलब्ध हुने बताएको छ ।

 नेपाली बजारमा उपलब्ध हुने यो पहिलो हाइब्रिड सेडान हुनेछ । यसमा १.५ लिटरको पेट्रोल इन्जिनका साथै २ वटा मोटर र सेल्फ चार्जिङ सुविधा भएको इन्टेलिजेन्ट लिथियम आयोन ब्याट्री छ । आवश्यकता अनुसार यसलाई हाइब्रिड तरिकाले चलाउन सकिन्छ । यसले ९६।५ बीएचपी पावर र १२७ एनएम टर्क जेनेरेट गर्छ ।

१६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको ईःएचईभीको टर्निङ रेडियस ५.३ मिटर र फ्युल ट्यांक ४० लिटर छ । त्यसैगरी यसको बुट स्पेस ३०६ लिटर छ । यसको माइलेज २६.५ किलोमिटर भएको कम्पनीको दावी छ ।

एडीएएस तथा इफिसियन्ट इलेक्ट्रिक रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायत क्रुज कन्ट्रोल, लेन किप असिस्ट सिस्टम, क्विक डिप्लोइमेन्ट टेक्नोलोजी सहितको ६ एयरब्याग, अटोमेटिक ब्रेक होल्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल आदि सुविधा यसमा उपलब्ध छन् ।

यो गाडी नेपाली बजारमा यही जुलाई महिनाको अन्त्यमा लन्च हुने बताइएको छ । यसको मूल्य भने अहिले सार्वजनिक गरिएको छैन । यद्यपि यसको मूल्य ८० लाख देखि ९० लाख रुपैयाँ सम्म पर्ने अनुमान गर्न सकिन्छ ।

मंगलबार, १९ असार २०८०, १७ : ४९

प्रतिक्रिया