काठमाडौं - फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री नेपालमा १ सय भन्दा बढी गाडी बुकिङ भएको कम्पनीले जनाएको छ । यो भारतमा बनेको विद्युतीय गाडीहरुमध्ये सबैभन्दा कम मूल्य पर्ने दाबी कम्पनीले गरेको छ ।
लाइभ र फिल गरी ई सी थ्रीको २ वटा भेरियन्ट नेपालमा उपलब्ध भएको जानकारी दिँदै कम्पनीले १ सय भन्दा धेरै बुकिङ भएको बताएको हो । कम्पनीका अनुसार इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ई सी थ्री बजारमा गेम चेन्जरको रुपमा आएको छ ।
२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । विद्युतीय पावरट्रेनले ई सी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ ।
साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ । मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ई सी थ्रीको स्लिक बडी, बोल्ड लाइनहरु रहेको कम्पनीको भनाइ छ ।
अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रहेको छ । जुन भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्य हो ।
यस मूल्य निर्धारण रणनीतिले गुणस्तर, कार्यसम्पादन वा शैलीमा सम्झौता नगरी विद्युतीय गतिशीलतालाई अँगाल्न उपभोक्ताहरूलाई थप सक्षम बनाउने कम्पनीको भनाइ छ । सिट्रोन ई सी थ्रीका दुवै भेरियन्टहरु १ लाखमा प्रि बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया