काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले इमाडोल तथा राधेराधेस्थित थ्रीडी आर्ट म्युजियममा विशेष छुट पाउने भएका छन्।
छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले थ्रीडी आर्ट म्युजियममा १०५ सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४३ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
प्रतिक्रिया