ठाउँ अनुसार फरक फरक पार्किङ भाडा, कुन ठाउँमा कति ?

बुधबार, २७ असार २०८०, १३ : २१

काठमाडौं-  काठमाडौं माहानगरपालिकाले आफ्नो क्षेत्रमा नयाँ पार्किङ शुल्क तोकेको छ । महानगरले ल्याएको आर्थिक ऐनले पार्किङको लाछि छुट्टाइएका वा निजी क्षेत्रले बनाएर पार्किङ भाडामा प्रयोग भएका स्थानको लागि भाडा निर्धारण गरेको हो ।

काठमाडौंलाई दुई क्षेत्रमा विभाजन गरी महानगरले भाडा निर्धारण गरेको छ । पहिलो क्षेत्र नम्बर एक ब्यस्त स्थान भएको कारण धेरै शुल्क लगाइएको छ भने दोस्रो क्षेत्रमा परेका स्थानमा कम शुल्क तोकिएको हो ।

महानगरले क्षेत्र नम्बर एकको रुपमा तोकेको न्यूरोड, धर्मपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर क्षेत्र हुन् । यी क्षेत्रको तोकिएको पार्किङ स्थलमा पार्क गर्दा दुई पाङ्ग्रे सवारीसाधन आधा घन्टाभन्दा कम पार्क भए १५ रुपैयाँ, एक घन्टा भए २५ रुपैयाँ र त्योभन्दा माथि जति समय पार्किङ हुन्छ त्यही अनुसार शुल्क बढ्दै जानेछ ।


यी क्षेत्रमा गरिने चार पाङ्ग्रे साधनको पार्किङ आधा घन्टा मात्रै भए ५० रुपैयाँ र एक घन्टा भए ८० रुपैयाँ लाग्ने छ । त्योभन्दा बढी समय पार्किङ भए माथिकै दरले हिसाव गरेर तिर्नु पर्ने हुन्छ ।

क्षेत्र नम्बर दुईको रुपमा तोकेका क्षेत्रहरु माथि क्षेत्र नम्बर एकमा तोके बाहेकका स्थान हुन् । यी स्थानमा दुई पाङ्ग्रे पार्किङ गर्दा एक घन्टाको १५ रुपैयाँ, चार पाङ्ग्रेको लागि ४० रुपैयाँ र चार पाङ्ग्रेभन्दा ठूलाको लागि प्रति घन्टा १०० रुपैयाँ शुल्क तोकिएको हो ।

बुधबार, २७ असार २०८०, १३ : २१

प्रतिक्रिया