प्रभु बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी प्रदान

बुधबार, २७ असार २०८०, १३ : ५१

काठमाडौँ-  प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ ।

 बैंकले बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई उक्त गाडी उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले मन्त्री किराँतीलाई गाडीको चाबी (साँचो) हस्तान्तरण गरेका छन् ।

प्रभु बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई उक्त गाडी प्रदान गरिएको जनाएको छ । गाडीको साँचो हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।  बैंकले कोषलाई उपलब्ध गराएको १७ लाख मूल्य बराबरको हाइड्रोलिक गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने छ ।

बुधबार, २७ असार २०८०, १३ : ५१

प्रतिक्रिया