हिमालय एअरलाइन्सको आईबीई सेवा सुरु

विहीबार, २८ असार २०८०, ११ : १८

काठमाडौँ- नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आईबीई) सेवा सुरु गरेको छ। 

यसबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्सको वेबसाइट www.himalaya-airlines.com  मा गएर टिकट बुकिङ गर्न सक्नेछन्। यस सुविधाको प्रयोग गरी यात्रुलाई विभिन्न गन्तव्यसँग जोडिन सहज हुनेछ। 

यो सेवाको प्रारम्भिक चरणमा ग्राहकले टिकट खरिदका लागि ई–सेवा वालेट, मास्टरकार्ड र  भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियनपे र कनेक्टआईपीएस निकट भविष्यमा उपलब्ध हुनेछन्। यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवाहरुको उपभोग गर्न सकिनेछ। 

एअरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवाहरु चयन गर्नेजस्ता विभिन्न अन्य सेवाहरु पनि ल्याएको छ। यसका साथै यात्रुले विमानस्थलमा समय बचत गर्नका निम्ति अनलाइन चेक९इन पनि गर्न सक्नेछन्।  

यस नयाँ सेवाको सुरुआत भएकोमा एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हाम्रा ग्राहक हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ। त्यसैले अनलाइन टिकटका लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरीे इन्टरनेट बुकिङ इन्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ।’

यस नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकलाई सहज रुपमा टिकट बुकिङ अनुभव प्रदान गर्नेछ। 

विहीबार, २८ असार २०८०, ११ : १८

प्रतिक्रिया