नागरिक लगानी कोषको २८ औं वार्षिक साधारण सभा असार ३१ गते बस्ने

शुक्रबार, २९ असार २०८०, ०८ : ५४

काठमाडौं - नागरिक लगानी कोष (सीआइटी) ले २८ औं वार्षिक साधारण सभा आइतबार असार ३१ गते बस्ने भएको छ ।

सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

 १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरिसकेको छ ।  असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

शुक्रबार, २९ असार २०८०, ०८ : ५४

प्रतिक्रिया