भायानेटकी सीईओ सम्मानित

शुक्रबार, २९ असार २०८०, १५ : ५७

काठमाडौँ - स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३मा आयोजित एक समारोहमा भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ  । 

 सीईओ बोहरा चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उदाहरणीय व्यक्तित्व भएको कम्पनीको भनाइ छ । 

 सीईओ बोहराको  मार्गदर्शनमा भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ, ५१ शाखाहरू स्थापना गरेको छ र १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ।

शुक्रबार, २९ असार २०८०, १५ : ५७

प्रतिक्रिया