काठमाडौँ - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ।
उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ। रेड्मी सिरजअन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने, ‘हामी शाओमीका प्रविधियुक्त स्र्माटफोन सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ। रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजनमार्फत हामी इन्ट्री लेबल स्र्माटफोनलाई पुनः परिभाषित गर्ने उद्देश्य राखेका छौँ। हामीलाई विश्वास कि यस डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पूर्ण सम्भावनाका ढोका खोल्नेछ।’
प्रोसेसर
रेड्मी १२ मा १२ एनएममा निर्मित अक्टा–कोर मिडियाटेक हिलियो जी८८ प्रोसेसर, २जीएचजेडमा २ह आर्म कोरटेक्स–ए७५ कोरहरु तथा १.८जीएचजेडमा ६ह आर्म कोरटेक्स–ए५५ कोरहरुसहित उपलब्ध छ। यस डिभाइसको प्रोसेसर आर्म माली–जी५२ जीपीयूसमावेश छ। रेड्मी १२ ६जीबीं१२८जीबी र ८जीबीं२५६ जीबीको स्टोरेज गरी जम्मा २ भेरियन्टमा उपलब्ध छ। स्टोरेज भने १ टीबीसम्म थप गर्न मिल्नेछ।
डिस्प्ले
यस डिभाइसमा २४६०ह१०८० को रिजोलुसन र ३९६ पीपीआईसहितको ६.७९ इन्च एफएचडीं डट डिस्प्ले समावेश छ। यस डिभाइसमा १५००ः१ को कन्ट्रास रेसियो, ७०५ एनटीएससी कलर ग्यामट तथा ५५० निट्स (एचबीएम)सम्मको अधिकतम ब्राइटनेससहित उपलब्ध हुनेछ। यस डिभाइसले ३६, ४८, ६० र ९० एचजेड रिफ्रेस रेटको अप्सनसहित अडाप्टिभ सिंक सपोर्ट गर्छ। साथै रिडिङ मोड ३.० र एसजीएस लो ब्लु लाइट पनि यस मोबाइलले प्रदान गर्छ।
क्यामेरा
फोटोग्राफीका लागि रेड्मी १२ मा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ जसमा ५० मेगा पिक्सेलको मेन क्यामेरा, १२०डिग्री फिल्ड अफ भ्यू भएको ८ मेगा पिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २ मेगा पिक्सेल म्याक्रो क्यामेरा समावेश छ। पछाडि भएको क्यामेराले ३० एफपीएसमा १०८० पी (१९२०+१०८०) र ३० एफपीएसमा ७२० पी (१२८०+७२०) भिडियो रेकर्डिङ समर्थन गर्दछ। अगाडि भने १०८० पी (१९२०+१०८०)र ७२० पी (१२८०+७२०)भिडियो रेकर्डिङको लागि समर्थनसहितको ८ मेगा पिक्सेल क्यामेरा राखिएको छ।
ब्याट्री र चार्जिङ
फोनमा ५००० एमएएच ब्याट्री जडान गरिएको छ। जसले १८ वाट फास्ट चार्जिङ समर्थन गर्दछ। प्रयोगकर्ताले बक्सभित्र २२.५ वाट को फास्ट चार्जर पाउनेछन्। यसमा चार्जिङ र डाटा ट्रान्सफरका लागि यूएसबी–सी पोर्ट रहेको छ। सुरक्षाका अप्सनहरूमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक समावेश छ।
नेटवर्क र कनेक्टिभिटी
रेड्मी १२ ले एनएफसी समर्थन गर्दछ। यद्यपि एनएफसीको उपलब्धता बजारैपिच्छे फरक हुन सक्छ। यसमा डुअल सिमको फिचर रहेको छ र हाइब्रिड स्लट प्रदान गरिएको छ। जसले १ टीबीसम्म एक्सपान्डेबल स्टोरेजका लागि माइक्रोएसडी कार्ड सपोर्ट गर्दछ। यस फोनले जीएसएम, डब्ल्यूसीडीएमएरएलर्टीईका लागि विभिन्न नेटवर्क ब्यान्डहरु समर्थन गर्नुका साथै यसमा दुवै वाईफाई कनेक्टिभिटी २.४जी हर्ज र ५जी हर्ज फ्रिक्वेन्सी, ब्लुटुथ ५.३ र हेडफोन ज्याक संगै एफएम रेडियो पनि समावेश छ।
बजार उपलब्धता
रेड्मी १२ मिडनाइट ब्ल्याक, स्काई ब्लू र पोलर सिल्भर गरी तीन रङमा र ६जीबीं१२८जीबी र ८जीबीं२५६जीबी भेरियन्टमा उपलब्ध हुनेछ। साथै यसमा १ टीबीसम्म एक्सपान्डेबल स्टोरेजको सपोर्ट रहेको छ।
६जीबीं१२८ जीबी र ८जीबीं२५६ जीबी भेरियन्टको मूल्य रु.१७ हजार ९९९ र रु.२० हजार ९९९ रहेको छ।
रेड्मी १२ असार २९ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरमा उपलब्ध हुनेछ।
प्रतिक्रिया