कुमारी क्यापिटलको प्रमुख कार्यकारीमा पुष्प शर्माा नियुक्त

मंगलबार, ०२ साउन २०८०, ०८ : २१

काठमाडौं -  कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन् । 

बैंक तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व मानिन्छन् । 

कम्पनीले आज सोमबारदेखि लागू हुनेगरी उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघि शर्मा सोही कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

शर्माको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ कम्पनीले विश्वास लिएको छ । 

कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको क्यापिटलको चुक्ता पूँजी ४० करोड रहेको छ । 

मंगलबार, ०२ साउन २०८०, ०८ : २१

प्रतिक्रिया