आर्कषक सुविधा सहित नमोवुद्धमा होटल “दुसिट थानी हिमालयन रिसोर्ट” सञ्चालमा

मंगलबार, ०९ साउन २०८०, १० : १०

काठमाडौं- काभ्रे जिल्लाको नमोवुद्धमा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय होटल दुसिट थानी हिमालयन रिसोर्ट सञ्चालमा आएको छ।

काभ्रेको पर्यटकीय स्थल नमोवुद्ध नजिक निर्माण गरिएको यो होटललाई थाइल्यान्डको प्रमुख होटल तथा प्रोपर्टी डेभलपमेन्ट कम्पनी दुसिट इन्टरनेसनलले व्यवस्थापन गर्नेछ। 

थाइ भाषामा दुसिट थानीको अर्थ ‘स्वर्गको सहर’ भन्ने हुन्छ। थाइल्याण्डका नागरिकमा स्वर्गका सात तहहरूमध्ये चौथो तहलाई दुसिट हो भन्ने विश्वास रहेको छ। त्यही अर्थमा नमोवुद्धमा यो होटेल निर्माण भएको होटल व्यवस्थापनले जनाएको छ।

हाल होटलमा २८ कोठा रहेका छन्। यो होटलमा आउने पर्यटकलाई व्यक्तिगत सेवक मार्फत सेवा प्रदान गरिने बताइएको छ। होटलका हरेक कोठाबाट प्रत्यक्ष हिमशृङ्खलाको साथै धार्मिक पर्यटकीय स्थल पलान्चोक भगवती मन्दिर तथा महाभारतको सुन्दर सृङ्खला देखिनुको साथै पुल्चोकीबाट सुरु भएर धुलिखेलमा समापन हुने पर्यटकीय पदमार्गको समेत मजा लिन सकिन्छ । 

दोस्रो चरण यो वर्षको अन्तसम्ममा होटल विस्तार गरी ७२ कोठाको बनाइने र ती मध्ये १८ वटा विशेष भिल्ला निर्माण गरिने भएको छ। होटलमा स्पा, पौडी पोखरी, ज्याकुजी, साउना, सभाहल, वेलनेस सेन्टर लगायतका सेवा उपलव्ध हुनेछन्। सभाहलको क्षमता ३५० रहेको छ।

होटलका जनरल म्यानेजर क्रिस पान्याका अनुसार , ‘धुलिखेलको पर्यटन मानचित्रमा यो होटलले नयाँ अध्याय थप्नेछ।’ उनले पाहुनको सत्कारमा होटलले कुनै कसर बाँकी नराख्ने पनि बताए। सुरुवात भएको उपलक्ष्यमा विभिन्न सेवामा छुट दिइएको होटलले जनाएको छ।

मंगलबार, ०९ साउन २०८०, १० : १०

प्रतिक्रिया