काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा र बिक्री दर १४६ रूपैयाँ ३७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा र बिक्री दर १७० रूपैयाँ ३९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया