प्लाष्टिकका फूल तथा सजावटका सामान प्रयोग गर्न पाइदैनः मेयर बालेन

९ महिना अगाडि

काठमाडौं- काठमाडौँ महानगरपालिकाले माइक्रो मिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने भएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार सामाजिक संजालमार्फत ४० माइक्रोन भन्दा कम मोटाइका पोलिथिन झोला,नक्कली फूल र सजावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको जानकारी दिएका छन् ।

नागरिकको स्वच्छ वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने अधिकार संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले ४० माइक्रोन भन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ ।

यसको कार्यान्वयनका लागि नगरपालिकाले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्न लागेको पनि जनाएका छन् । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइने भएको हो ।

टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्ने पनि मेयर बालेनले जनाएका छन् । यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए महानगरपालिकाको टोलीले जफत गर्नेछ । अब प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न नपाइने भएको छ । 

९ महिना अगाडि

प्रतिक्रिया