ह्वाट्सएपमा नया फिचर भिडियो म्यासेज ''इन्ड–टु–इन्ड इन्क्रिप्टेड''

शुक्रबार, १२ साउन २०८०, १७ : ५३

काठमाण्डौ- ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म हो। 

प्रयोगकर्ता अनुभव सुधार गर्न कम्पनी लगातार यस प्लेटफर्ममा नयाँ सुविधाहरु थपिरहेको छ। ह्वाट्सएसमा अर्को नयाँ फिचर थपिएको छ, जसको  प्रयोगले छोटो भिडियो म्यासेज पठाउन सक्नेछन्। 

कम्पनीले यो फिचरलाई भिडियो म्यासेज नाम दिएको छ। यो सुविधा अडियो सन्देशजस्तै धेरै मिल्दोजुल्दो छ। जसको मद्दतले प्रयोगकर्ताले तुरुन्तै जबाफ दिन सक्नेछन्। यो सुविधाको मद्दतले प्रयोगकर्ताले कुनै पनि टेक्स्ट वा अडियो म्यासेजको तत्काल जबाफका लागि भिडियो म्यासेजहरु रेकर्ड गर्न सक्छन्। 

ह्वाट्सएपको नयाँ फिचरले रियल टाइम भिडियो सन्देश सेवा ल्याएको छ। जसको मद्दतले प्रयोगकर्ताले ६० सेकेन्डको भिडियो रेकर्ड गरेर पठाउन सक्नेछन्। कम्पनीको दाबी छ कि यी भिडियो म्यासेज इन्ड–टु–इन्ड इन्क्रिप्टेड छन्। यो सुविधा रोल आउट गरिएको छ र आगामी केही हप्तामा सबै प्रयोगकर्तामा पुग्नेछ।

 

शुक्रबार, १२ साउन २०८०, १७ : ५३

प्रतिक्रिया