कञ्चनपुरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात

आइतबार, १४ साउन २०८०, १७ : ११

काठमाडौँ - डिश मिडिया नेटवर्क लि.(डिश होम) ले कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात गरेको छ।  श्रावण १२ गते डिशहोमका तर्फवाट  Executive Vice President  रमेश सापकोटा ,Head- Revenue & Collection उज्जल न्यौपाने , Regional Sales Manager बिपेन्द्र न्यौपाने , सिनियर सेल्स अफिसर कमल रिमाल   र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा सोरुम उद्घाटन गरिएको हो। सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोज ले गर्नेछ ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले  अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने कम्पनीले जनाएको छ । 

८५० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको रोयल मल्टी प्रपोजले अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए ।

आइतबार, १४ साउन २०८०, १७ : ११

प्रतिक्रिया